नियम १४
अधिकतम हदभन्दा बढी जग्गाको मोहीयानी हक प्राप्त गर्ने

(१) नियम ६ बमोजिम प्रकाशित भएको फा“टवारीमा उजुर गर्ने म्याद गुज्री उजुर नलाग्ने भैसकेकोमा सो प्रकाशित फा“टवारी बमोजिम र उजुरी परेकोमा उजुरीको अन्तिम निर्णय बमोजिम जिल्ला भूमिसुधार अधिकारीले ऐनको दफा ८ मा तोकिएको अधिकतम हदभन्दा बढी भएको जग्गाको मोहीयानी हक सम्बन्धित व्यक्तिबाट प्राप्त गर्ने क्रममा ऐनले व्यवस्था गरे बमोजिम मोही र जग्गा धनीको बीचको बा“डफा“डको कार्य सम्पन्न गरी यस पछिका नियमहरू अनुसार बिक्री वा वितरण गर्नेछ । त्यसरी प्राप्त गरिएपछि सम्बन्धित व्यक्तिको सो
जग्गामा मोहीयानी हक तथा अधिकार स्वतः समाप्त भएको मानिनेछ । तर–
(अ) ऐनको दफा ८ मा तोकिएको अधिकतम हदभित्र पारी मोहीयानी हक कायम राख्न निजले रोजेको जग्गाबाट निजलाई झिकिने
छैन ।
(आ) यो नियम प्रारम्भ हुनुभन्दा अघिदेखि नै कुनै जग्गाको मोहीयानी हक बन्धकी लिई भोग गरिरहेको साहुले ऐनको दफा ८ बमोजिम सो हक भोग गर्न नपाउने भएमा त्यस्तो जग्गाको मोहियानी हक ऐनको दफा ८ मा तोकिएको अधिकतम हद भित्र पारी असामीलाई फिर्ता गर्न सकिने जति असामीलाई फिर्ता दिलाइने छ । त्यस्तो दुई वा सो भन्दा बढी व्यक्तिको मोहीयानी हक बन्धकी लिई भोग गरिरहेको भए लिखतको मितिको हिसाबले अघिल्लो असामीलाई फिर्ता दिलाइनेछ ।
(इ) यस नियम बमोजिम प्राप्त गरेको जग्गा यसपछिका नियमहरू बमोजिम बिक्री वा वितरणमा पाउने व्यक्तिलाई हस्तान्तरण
नभएसम्म साबिक मोहीले साबिक बमोजिम भोग चलन गर्न पाउनेछ ।
(२) यस नियमबमोजिम मोहीबाट हदबन्दीमा प्राप्त भएको जग्गा बिक्री वितरण नभएसम्म रोक्का राख्न सम्बन्धित मालपोत कार्यालयमा लेखी पठाउनुपर्ने छ ।